श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल भाद्र २ गते विहिवार नेपाल सम्बत ११३६ गुँलाथ्व,सन् २०१६ अगस्त १८ तारिक शुक्लपक्ष पूर्णिमा तिथि अपरान्ह ३ वजेर ५मिनेटसम्म, धनेष्ठा नक्षत्र राती १२ वजेर ४८ मिनेटसम्म, शोभन योग राती १० वजेर ११ मिनेटसम्म, बवकरण अपरान्ह ३ वजेर ५ मिनेटसम्म, आनन्दादियोग श्रीवत्स,सूर्य सिंह राशीमा,चन्द्रमा मध्यान्ह १२ वजेर ५८ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा । ऋषितर्पणी, जनैपुर्णिमा ।
मेषः– आकस्मिक आम्दानीको योग देखिन्छ । बक्यौता रकम पनि उठाउन सकिने छ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा विजय यात्रा शुरु हुने छ ।
वृषः– मध्यान्ह पछिको समय अनुकुल देखिन्छ । मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । वैदेशिक कामबाट लाभान्वित भइने छ ।
मिथुनः– समयले पूर्ण साथ दिने छैन सोच विचार काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।
कर्कटः– मध्यान्ह पछि समय प्रतिकुल बन्दैछ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।
सिंहः– प्रेमम सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ,उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवस्यक छ ।
कन्याः– उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।
कन्याः– उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।
तुलाः– अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।
वृश्चिकः– परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।
धनुः–कार्य क्षमता घट्ने छैन । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।
मकरः– संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवस्यक छ ।
कुम्भः– प्रातकाल प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । उच्च आकाँक्षाका साथ काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ ।
मिनः– अपरान्ह देखि सयमले त्यति साथ दिने छैन । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छै ।

Post a Comment