Samsung Samsung Author
Title: म्याग्दीमा चट्याङ लागेर ७२ भेंडा मरे
Author: Samsung
Rating 5 of 5 Des:
भदौ २, म्याग्दी  । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति ...


भदौ २, म्याग्दी  । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् । घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेंडा मरेका थिए । 

रातको समयमा भेंडा राखेको खर्कमा चट्याङ परेको थियो । सो स्थानमा संयुक्त भेंडागोठ थियो । अन्य घाइते भेंडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने सामाजिक परिचालक छन्त्यालले बताउनुभयो । 

ती भेंडा मरेर रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागार्इंले क्षतिको विवरण सङ्कलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।

About Author

Advertisement

Post a Comment

 
Top