Samsung Samsung Author
Title: साथीको फोन व्यस्त छ ? ट्रु कलरले बताइदिनेछ
Author: Samsung
Rating 5 of 5 Des:
एन्ड्रोइड प्रयोगकर्तामाझ ट्रु कलर निकै लोकप्रिय एपको रुपमा रहेको छ । स्मार्टफोनमा यो एप डाउनलोड गर्नुभयो भने दुनियाभरका जो कोही मानिसले तपाइ...

एन्ड्रोइड प्रयोगकर्तामाझ ट्रु कलर निकै लोकप्रिय एपको रुपमा रहेको छ ।
स्मार्टफोनमा यो एप डाउनलोड गर्नुभयो भने दुनियाभरका जो कोही मानिसले तपाइँलाई कल गर्दा उसको नाम तथा फोटो देखा पर्दछ । यो यति लोकप्रिय बन्यो की यस्तै खालका कैयन् एपहरु बजारमा आएका छन् ।
ट्रुकलरले कुनैपनि स्मार्टफोनमा तब काम गर्न थाल्छ जब एप डाउनलोड गरेर त्यहाँ आफ्नोे फोन नम्बर तथा नाम हालिन्छ । जब तपाइँको फोनबुकमा नामै नभएको कुनै अपरिचित नम्बरबाट तपाइँलाई कल आउँदछ तब यो एपले उक्त कल गर्ने व्यक्तिको नाम तथा भए फोटो समेत देखाइदिन्छ ।
ट्रुकलरले हालै ल्याण्डलाइन जस्तो एक फिचर लन्च गरेको छ । जब तपाइँ कसैलाई फोन गर्न गैरहनुभएको हुन्छ तब तपाइँले ट्रुकलरको ट्रुडायलर प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाइँले फोन गर्न खोज्नुभएको मानिसको फोन बिजी रहेको भएमा ट्रुकलरले पहिले नै जानकारी दिन्छ ।
केही महिनाअघि ट्रुकलरले यो फिचर एन्ड्रोइडमा सार्वजनिक गरेको थियो भने अब आइफोनमा पनि यो सर्भिस लिन सकिनेछ ।
सायद विश्वमा ट्रुकलरसँग सबैभन्दा वृहत फोन डायरेक्टरी छ ।
त्यसैले तपाइँलाई कोही अपरिचित मानिसले वा चिनेजानेको मानिसले अपरिचित जस्तो बनी फोन गरेर झुक्याउन गाह्रोे पर्दछ ।

About Author

Advertisement

Post a Comment

 
Top