Samsung Samsung Author
Title: विश्वलाई आश्चर्यमा पार्ने सिरिया युद्धको एक तस्वीर
Author: Samsung
Rating 5 of 5 Des:
भदौ २ ,काठमाडौं  ।  सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भने यो एक तस्वीरले देखाएको छ ।  एम्बुलेन्सको सिटमा ...

भदौ २ ,काठमाडौं  सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भने यो एक तस्वीरले देखाएको छ । एम्बुलेन्सको सिटमा एक्लै बसिरहेका बालक पाँच वर्षका छन् ।  उनको गृहनगर एलप्पोमा भएको हवाई कारबाहीमा उनी घाइते भएका हुन् ।उनका अभिभावकको अवस्था थाहा छैन । हवाई कारबाहीका क्रममा उनको घर ध्वस्त हुँदा उनी त्यहीँ थिए । घर भत्किँदा उडेको धुलो उनको शरीरमा अझै छ । उनी घाइते पनि छन् ।भिडियो फुटेजमा उनी रोएका छैनन् । तर, अस्पतालमा जान प्रतिक्षारत जस्ता देखिएका छन् ।सिरियामा जारी गृहयुद्धमा उनी जस्ता धेरै बालक घाइतेमात्र भएका छैनन्, ज्यान नै गुमाएका छन् । तर, यो तस्वीरले विश्वको ध्यान तानेको छ ।

About Author

Advertisement

Post a Comment

 
Top