Samsung Samsung Author
Title: भारतले नेपालसँग माफी माग्यो, गर्यो लाजमर्दो काम, छिछि यस्तो पनि गर्न सकेका…
Author: Samsung
Rating 5 of 5 Des:
काठमाण्डु, १ भदौ– भारतीय दूतावासले नेपालको अन्नपूर्ण हिमश्रृङ्खलालाई भारतको भन्दै प्रचार गरेको छ । पोल्याण्डस्थित भारतीय दूतावासले ‘अतुल्य भ...
काठमाण्डु, १ भदौ– भारतीय दूतावासले नेपालको अन्नपूर्ण हिमश्रृङ्खलालाई भारतको भन्दै प्रचार गरेको छ । पोल्याण्डस्थित भारतीय दूतावासले ‘अतुल्य भारत’ लेख्दै एक साइन बोर्डमा नेपालको अन्नपुर्णलाई भारतको भएको भन्दै लाजमर्दो काम गरेको हो । 
भारतको भनिएको सो हिम हिमश्रृङ्खला नेपालको भएको भन्दै नेपलीहरुले विरोध गरेपछि बल्ल पोल्याण्डका भारतीय राजदूत अजय विशरियाले माफी मागेका हुन् । भारतको स्वतन्त्र दिवसको अवसरमा पोल्याण्डस्थित भारतीय दूतावास अगाडि राखिएको साइन बोर्डमा एक महिलाले योगभ्यास गर्न लागेको दृश्य छ । जसमा नेपालको अन्नपूर्ण हिमाल पनि प्रस्ट देखिन्छ । तर, त्यसमा ‘अतुल्य भारत’ लेखिएको छ । भारतमा पर्यटन भित्राउनका लागि दूतावासले नेपालको प्राकृतिक सुन्दरतालाई उपयोग गरेका थियो । यसअघि पनि विश्वभरका सुन्दरीहरुको एक प्रतियोगितामा भारतीय युवतीले नेपालका प्राकृति मनोरम दृश्यलाई समेटेरर भारतको भन्दै कुप्रचार गरेकी थिइन् । त्यसैगरी भारतले नेपालको गौतम बुद्धलाई समेत आफ्नो देशमा जन्मिएको भन्दै गलत प्रचार गर्दै आएको छ । यस्तोमा नेपालका महत्वपूर्ण प्राकृतिक तथा धार्मिक सम्पत्तिप्रति भारतले लाज नै पचाएर कुप्रचार गर्न पक्कै पनि गलत हो । यसलाई भारतको हेपाहा प्रबृद्धी भन्दा फरक नपर्ला #kathmandutoday

About Author

Advertisement

Post a Comment

 
Top