भदौ १,पोखरा । पोखरामा आउँदो शनिबार ‘योलो समर पुल पार्टी’ हुने भएको छ । ईभेन्ट म्यानेजमेन्ट कम्पनी लेभल नेक्स्ट प्रालिले रोट्रर्याक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा यहि भदौ ४ गते शनिबा ‘होटल फुलबारी’मा ‘योलो समर पुल पार्टी’ गर्न लागेको हो । होटलको स्विमिङ पुलको तटीय क्षेत्रमा हुने पार्टीमा एक हजार बढी सहभागी हुने अपेक्षा गरेको आयोजक लेभल नेक्स्ट प्रालीका प्रबन्ध निर्देशक सिर्जना भुजेलले जानकारी दिइन् ।
साँझ ६ बजेदेखी शुरु हुने पार्टी राती ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पार्टीमा डीजे आशिष र डीजे कोन्मेले सांगीतिक माहोल तताउने भुजेलले जानकारी दिइन् । योलो -यु वन्ली लाइभ वान्स) अर्थात ‘तिमी एक पटक मात्र बाँच्छौ’ भन्ने मूल उद्घोषका साथ गरिने कार्यक्रममा सहभागिहरुले स्वणिर्म आनन्द लिने विश्वास लिइएको रोट्रर्याक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङले बताईन् ।
कार्यक्रममा पोखरासहित, काठमाडौं, तनहुँ, स्याङ्जा, पर्वत, वागलुङ, चितवन लगायतका क्षेत्रबाट पनि सहभागी हुने आयोजकको विश्वास छ ।
स्वच्छ मनोरञ्जन दिलाउने र त्यसबाट संकलित रकम समाज सेवामा लगाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रचार संयोजक बिजय लम्शालले प्रष्ट्याए ।
कार्यक्रममा भिआइपी तथा सेलिबि्रटिजहरुलाई निःशुल्क प्रवेशको ब्यबस्था गरिने र अन्यले ३ सय, ५ सय र एक हजार टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । टिकट डुअर सेलबाहेक कतैपनि नबेचिने प्रचार संयोजक लम्शालले बताए ।
कार्यक्रमबाट ६ लाख संकलन गरेर ४ लाख खर्चिने र बचत रकम समाज सेवामा लगाईने क्लवकी अध्यक्ष गुरुङले जानकारी दिइन् । अनलाइन खबरबाट

Post a Comment