Samsung Samsung Author
Title: 'ओभरलोड' बस ब्याक भयो, ब्रेक लागेन, भीरबाट खस्यो'
Author: Samsung
Rating 5 of 5 Des:
बनेपाः काठमाडौंबाट काभ्रेको मादनकुँडारीतर्फ जाँदै गरेको यात्रुवाहक बस सोमबार दिउँसो काभ्रे बिर्तादेउराली गाविसको खहरेखोलामा दुर्घटनाग्रस्त ह...

बनेपाः काठमाडौंबाट काभ्रेको मादनकुँडारीतर्फ जाँदै गरेको यात्रुवाहक बस सोमबार दिउँसो काभ्रे बिर्तादेउराली गाविसको खहरेखोलामा दुर्घटनाग्रस्त हुँदा २७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
अरनिको यातायातको बा ३ ख १०६ नम्बरको यात्रुवाहक बस दिउँसो करिब १ बजे भीरबाट करिब ३ सय मिटर तल खसेको थियो । छत र भित्र खचाखच यात्रु भरिएको उक्त बस कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा ८० जनाभन्दा बढी सवार थिए भने छत र भित्र पनि खाद्यान्न र अन्य मालताल राखिएको थियो ।काभ्रे प्रहरीका एसपी राजेशनाथ बास्तोलाले दुर्घटनामा २७ जनाले ज्यान गुमाएको जानकारी दिए । २६ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी बास्तोलाले दिए ।
बास्तोलाका अनुसार गम्भीर घाइतेमध्ये काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा १३ जना र वीर अस्पतालको ट्रमा सेन्टरमा १५ जनाको उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएका २९ जना घाइतेमध्ये एकको मृत्यु भएको हो । बास्तोलाले धुलिखेलस्थित अस्पतालमा १२ जनाको उपचार भइरहेको जानकारी दिए ।


About Author

Advertisement

Post a Comment

 
Top