काठमाडौं, साउन ३१। महिला हिंसाको कथालाई समेटेर बनाइएको चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजानिक भएको छ । टे«लरमा महिला हिंसा सम्बन्धि घटनाको अनुसन्धान देखाइएको छ ।
निर्माण तथा निर्देशन अपिल विष्टको रहेको सो चलचित्रको कथा भने रामबाबु गुरुङको रहेको छ । दयाहाङ राई, रिष्मा गुरुङ, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरि, मेलिना जोशीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको ट्रेलरमा निश्चल बस्नेतलाई पनि देखाइएको छ ।
आउँदो असोज ७ गते प्रदर्शनको तयारीमा रहेको सो चलचित्र बाश इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
Post a Comment