Samsung Samsung Author
Title: सवारी लाइसेन्स लिन १० कक्षा पास र २१ वर्ष पुग्नुपर्ने
Author: Samsung
Rating 5 of 5 Des:
यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ।  सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई ...

यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ।  सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य  गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ।  
 
विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ।
 
१६ वर्ष उमेरमै लाइसेन्स लिएकाहरुले सवारी चलाउँदा धेरै दुर्घटना भएको, धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको र चालकहरुलाई सामान्य ट्राफिक ज्ञान नभएका कारण ऐन संशोधन गर्नका लागि आफूहरुले पहल गरिरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए।
 
साना चार पाङग्रे सवारी चलाउनका लागि अब २१ वर्ष तोकिन लागेको विभागका महानिर्देशक  श्रेष्ठले जानकारी दिए। अहिले १६ वर्ष उमेर पुगेकाले साना सवारी चलाउन लाइसेन्स लिन सक्ने प्रावधान छ ।  ठूला सवारी साधनको लाइसेन्स लिनका लागि २५ वर्ष उमेर पुग्नुपर्ने विभागले जनाएको छ।
 
अहिले ,१८ वर्षकाले चार पांग्रे तथा २१ वर्ष उमेरकाले कुनै पनि प्रकारको सवारी साधन चलाउन सक्छन्।  परिमार्जनका गर्न लागिएको ऐनमा १० कक्षा पास नभएकाले लाइसेन्स लिन पाउने छैनन् । 
 
सवारी सम्बन्धि र ट्राफिक सम्बन्धि ज्ञान लिनका लागि लाइसेन्स लिन लागेको व्यक्ति अक्षर बुझ्न सक्ने हुनुपर्ने भन्दै विभागले लाइसेन्स लिनका लागि शैक्षिक योग्यता पनि तोक्न लागेको हो । साथै विभागले लाइसेन्समा उमेर बढाउनुको साथै जरिवाना पनि बढाउने गरी ऐन संशोधन गर्न लागिएको जनाएको छ।

About Author

Advertisement

Post a Comment

 
Top