एजेन्सी । बलीउड सुन्दरी दीपिका पादुकोणको ब्यस्ता झन् झन् बढ्दो छ । एउटै चलचित्रमा चर्को पारिश्रमिक डिमाण्ड गर्ने स्तर बनाइसकेकी यि सुन्दरीले अब आफुलाई काम गर्नका लागी कुन्ै स्टार कलाकारको आवश्यकता नपर्ने बताएकी छिन् ।
चर्चित स्टार सलमान खानको चलचित्र ‘ट्यूबलाइट’मा निर्देशक कविर खानले अफर गरे पनि दिपिका स्वयमले नै सलमान भएको चलचित्रमा नखेल्ने उद्घोष गरेपछि चिनिया नायिकालाई अभिनय गर्न लगाइएको भारतिय मिडियाको दाबी छ ।
‘ट्यूबलाइट’ सन् १९६२ मा भएको चीन र भारतको युद्धको कथामा आधारित भएको र यसमा चिनिया अनुहार चाएकाले दिपिकाको अनुहार पनि चिनिया नायिकाहरुसँग नै मिल्ने भएकाले उनलाई अफर गरिएको थियो । यद्यपी दिपिकाले निर्देशक खानको अफरलाई ठाडै अस्विकार गर्दै भनिन् मलाई सलमानसाग फिल्म खेल्नु छैन ।
हाल हलिउड फिल्ममा व्यस्त दीपिकाले एक अन्र्तवार्तामा ‘ट्यूबलाइटमा काम नगरेको कारण दिँदै भनिन् एउटै चलचित्रमा २ जना दबङले काम गर्न सक्दैनन् । उनले यसअघि नै साहरुख खान, रणवीर कपुर जस्ता स्टारसँग काम गरिसकेकी छिन् ।

Post a Comment