दिवान किनार कस्को दिलको राजा हुन त जानौँ (भिडियो सहित)
साउन २८, पोखरा । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीतहरुको सिर्जना गरी श्रोता,दर्शकमाझ छुट्टै छाप छोड्न सफल छन् गीतकार एवंम संगीतकार दिवान किनार । उनै किनारको लय, शब्द तथा एरेञ्जमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी लोक दोहोरी गायिका भिमु गुरुङ्गले “दिलको राजा” बोलको गीत बजारमा ल्याएकी छिन् ।
नेपाली लोक दोहोरीे क्षेत्रमा ब्यवसायिक र औपचारिक रुपमा किनारले नै प्रबेश गराएका अहिलेकी चर्चित गायिका गुरुङ्गको आवाजमा सजिएको “दिलको राजा” गीतले अहिले संगीतपे्रमी श्रोता, दर्शकहरुको मन जितिरहेको छ ।
गितका शब्दहरु यस्ता छन् :
सारी किन लाको पोते किन लाकोे
अरु किन हुन्थ्यो नक्कल पार्ने भाको
यो तिजैमा,
सारी किन लाको नभन संगी मलाई नी मन छ भो नक्कली बन्नलाई
दिलको राजा छ कि मेरो नि कोई कोई भैन र पो राजै छ भनि भन्नलाई……।
सारी,पोते, चोलो पटुकी नक्कल पार्नकै लागी लगाइएकोे गीतको शब्दहरुले बोलेको छ भने दिलको राजा भएर पनि सार्वजनिक गर्न नमिलेको गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
प्रकाश भट्टद्धारा निर्देशीत गीतको भिडियोमा रिना थापा मगरले कम्मर मर्काएकी छिन् । गीतमा हरिश महराकोे छायांकन,बिष्णु शर्माको सम्पादन रहेको छ । गीत साई भिजन प्रालीको प्रस्तुतिमा बजारमा आएको हो ।
तनहूँ जिल्लामा जन्मिएका किनारले थुप्रै चर्चित लोक गीतहरु बजारमा ल्याईसकेका छन् । नेपाली लोक सांगितक क्षेत्रमा सर्वाधिक चर्चामा रहेको झिम–झिम सानु नझिम्काउ परेली, मायां भए सानु (कौडा), भेट भो रोधी घरमा, टिपौँ कि फुल ट्याप्पै लगायतका लोक गीतहरु उनकै सिर्जना हुन् । त्यस्तै किनार लोक विधा संगै सुगम संगितमा पनि उत्तिकै सफल र अब्बल मानिन्छन् । उनले सिर्जना गरेको आधुनिक गीतहरु मध्ये मायाँ एउटा सँग बिहे एउटा सँग, तिमी कस्को हुने होला म नि कस्को हुने होला, विदाईमा खुट्टा ढोग्ने बेला र ऊ अर्कैको बन्नु पप्योे म अर्कैको बन्नु पप्यो लगायतका गितहरु नेपाली सांगीतिक क्षेत्रकै चर्चित गीतहरुको सुचीमा पर्दछन् ।

Post a Comment