बिनोद ढुंगाना / न्यूज नेपाल २४
भदौ ७, पोखरा । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आउदै गर्दा सांगीतिक क्षेत्र तीजमय बनिरहेको छ । सञ्चार माध्यमदेखि सामाजिक सञ्जाल जताततै तीजकै रौनक छ । लाखौँ लगानी गरेर आम्दानी शुन्य हुन्छ तर पनि तीजका गीत बजारमा ल्याउनेहरुको लहर नै देखिन्छ । सुन्दर नगरी पोखरामा सक्रिय रुपमा सांगीतिक कर्ममा लागेका पोखरेली कलाकारहरुले पनि तीजका गीतहरु बजारमा ल्याएका छन् ।
१.पहिलाका तीजमा......
बरिष्ठ लोकगायिका एवंम प्राज्ञ हरिदेवी कोईरालाकोे यो बर्ष “पहिलाका तीजमा” बोलको गीत बजारमा आएको छ । पहिलेको तीज र अहिले तीजबिच तुलना गरिएको यस गीतमा हरिदेवी कोईरालासँगै शान्ती गुरुङ्ग,दुर्गा गुरुङ्ग, लक्ष्मी गिरी र बलुमाया पुनको स्वर रहेको छ । गीतमा लय तथा शब्द संकलन पनि कोईरालाको नै छ । यस गीतको म्युजिक भिडियो निर्देशन बासुदेब पोखरेलले गरेका हुन् ।
२.नभैदेन मन मेरो......
सहित्यकार एवंम लोकगायिका अम्बिका भण्डारीले पनि तीजको कोशेली “नभैदेन मन मेरो” बजारमा ल्याएकी छिन् । गीतमा स्वर,शब्द र लय भण्डारीकै छ ।
३.दिलभित्र चित्र......
पोखरालाई नै कर्मथलो बनाएर सफल भएका गायक चोलेन्द्र पौडेल र गायिका तुलसा जि.सी.ले पनि आफ्ना दर्शक श्रोतालाई तीजमा नचाउनका लागी “दिलभित्र चित्र” बजारमा ल्याएका छन् । गीतको सिर्जना भने चर्चित गायक पशुपति शर्माले गरेका हुन् । गोर्खा चौतारी म्युजिकले बजार व्यबस्थापन गरेको गीतलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।
४.कहाँ बज्यो मुरली......
पोखरामा रहेर पनि गायिका पार्वती जि.सी.चर्चाको शिखरमा पुग्न सफल छिन् । उनले पनि तीजलाई लक्षित गर्दै पशुपति शर्माको साथ लिएर “कहाँ बज्यो मुरली” सार्वजनिक गरेकी हुन् । गीतमा गायिका तुलसा जि.सी.ले कम्मर मर्काएको देख्न सकिन्छ ।
५.बाबाजी को आगँनी......
गाउघर शून्य हुदै गईरहेको यथार्थलाई चित्रण गरेकोे गीत हो “बाबाजी को आगनी” । रामजी पौडेलको सिर्जना रहेको गीतमा रामजीसँगै सरस्वतीे लामीछानेको स्वर छ । गीत हमाल म्युजिकको प्रस्तुतिमा बजारमा आएको हो ।
६.आँधीमा खोला.....
तीजको बेला आफ्नी मायालुलार्ई छाडेर प्रदेशिदाको पिडालाई बिषयबस्तु बनाएर तयार पारिएको गीत “आँधीमा खोला” मा गायक राजन कार्की र गायिका निशा पोख्रेलको स्वर छ । रामजी पौडेलको शब्द सिर्जना, गायक कार्कीको लय सिर्जना र एल.पी ढकालको थेगोले गीतलाई अत्यन्तै उत्कृष्ट बनाएको छ ।
७.मेरी मायालु......
तीज गीत “मेरी मायालु” मा गायिका अम्बिका बाँनियालाई रामजी पौडेलले साथ दिएका छन् । लय तथा शब्द सिर्जना भने अम्बिका आफैले गरेकी हुन् । यस गीतको म्युजिक भिडियोलाई पोख्रेली निर्देशक शिव भुर्तेलले निर्देशन गरेका छन् ।
८.मलाई मात्रै टेन्सन......
अर्का पोखरेली गायक सुरेन्द्र गुरुङ्ग र गायिका दिलु मोक्तानकोे “मलाई मात्रै टेन्सन” सार्वजनिक भईसकेको छ । गीतमा उनीहरु दुई जनाकै अभिनय देख्न सकिन्छ । लय तथा शब्द सिर्जना रामजी पौडेलले गरेको गीतको रक्षा म्युजिक प्रा.ली.ले बजार व्यबस्थापन गरेको छ ।
९.मेरी दुलही......
पोखरामा रहेर सञ्चार कर्मसँगै लोक गायनमा सक्रिय गायक कृष्ण सुवेदीले पनि “मेरी दुहली” बोलको तीज गीत ल्याएका छन् । गायनमा उनलाई राधिका हमालले साथ दिएकी छिन् । उनकै शब्द लयमा रहेको गीतलाई कृष्ण ढुंगानाले प्रस्तुत गरेका छन् ।
१०.पुराना भाका नै हराछन्......
चन्दन म्युजिक प्रा.ली.बाट बजारमा आएको गीत “पुराना भाका नै हराछन्” मा केशव घिमिरे र सुमित्रा काफ्लेको स्वर छ । गीतमा घिमिरेको नै शब्द,संगीत छ ।
११. टुङगो छैन वाई......
“टुङगो छैन वाइ” गीतमा प्रदीप त्रिपाठी र प्रेयंका पराजुलीको स्वर छ । गीत रक्षा म्युजिकले बजारमा ल्याएको हो ।
१२. मस्र्याङदीको छल्को......
गायिका लक्ष्मी नेपालीले स्वरका दिएको तीजे भाका “मस्र्याङदीको छल्को” मा अभिनय पनि गरेकी छन् । गितको शब्द सिर्जना घनश्याम रिजाल र लय सिर्जना राजन कार्कीले गरेका हुन् ।
१३.नयाँ स्कुटर......
सन्तोष बाँनिया र सुष्मी मगरको शब्द र सागर लामाको लयमा रहेको गीतलाई ईश्वर सिंह,रमेश क्षेत्री र बसन्ती थापाले गाएका हुन् । गितको रेकर्डिङ ,म्युजिक भिडियो निर्माण लगायत सम्मपुर्ण कार्य पोखरामा नै गीरएको थियो ।
( पोखरामा रहेर संगीत कर्ममा लागेका सम्मपुर्ण कलाकारहरुको गीतलाई समावेश गर्ने प्रयास गरेका छौ कसैको गीत यहाँ समावेश नभएको भए माफी चाहान्छौ । र तपाईको गीतको बारेमा पनि जानकारी दिनुहोला ।)
Post a Comment