Samsung Samsung Author
Title: फेरि अर्को एवार्डको मनोनयन
Author: Samsung
Rating 5 of 5 Des:
गोपीकृष्ण मुभिजले आयोजना गर्न लागेको  ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को मनोनयन घोषणा भएको छ । पुरस्कारको उत्कृष्ट चलचित्रको विधा...

गोपीकृष्ण मुभिजले आयोजना गर्न लागेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को मनोनयन घोषणा भएको छ । पुरस्कारको उत्कृष्ट चलचित्रको विधामा ‘पशुपतिप्रसाद’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘कबड्डी–कबड्डी’ तथा ‘वडा नम्बर ६’ परेका छन् भने निर्देशकको विधामा यिनै चलचित्रबाट क्रमश: दिपेन्द्र के खनाल, सुदर्शन थापा, दिनेश राउत, रामबाबु गुरुङ तथा उज्ज्वल घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।

अभिनेतातर्फ ‘पशुपतिप्रसाद’ बाट खगेन्द्र लामिछाने, प्रेमगीतबाट प्रदीप खड्का, क्लासिकबाट आर्यन सिग्देल, फन्कोबाट सौगात मल्ल तथा कबड्डी–कबड्डीबाट दयाहाङ राई प्रतिस्पर्धामा छन् भने अभिनेत्रीतर्फ केकी अधिकारी, प्रियंका कार्की, पूजा शर्मा, मेनका प्रधान तथा नम्रता श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।
 काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा गरिएको मनोनयन घोषणा कार्यक्रममा अमेरिका पलायन भैसकेकी नायिका पूजा चन्द देखा परिन्, तर पछिल्ला पुस्तक अधिकांश चलचित्र पत्रकार तथा नव चलचित्रकर्मीहरूले उनलाई चिन्न सकेनन् । 

 ‘ड्रिम्स’ले सफलता पाएपछि अमेरिका घुमेर आएका भुवन केसी कार्यक्रमको प्रमुख आकर्षण भए । नवनिर्देशकको विधामा यसअघिका एवार्डहरूमा बाजी मारिरहेका केसी एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उक्त विधा नभएकाले अटाएनन्, तर उनको चलचित्रबाट मनोनयनमा परेका प्राय: सबैको मनोनयन पत्र उनैले ग्रहण गरे, किनभने मनोनयनमा परेकाहरूलाई बोलाइएको थिएन कि बोलाएर पनि आइपुगेका थिएनन् । 


 ‘कबड्डी–कबड्डी’ का निर्देशक रामबाबु गुरुङ कार्यक्रममा उपस्थित भए पनि उक्त चलचित्रबाट मनोनयन परेका प्राय: कलाकार तथा प्राविधिकहरू पनि कार्यक्रममा उपस्थित थिएनन् । त्यसैले उद्घोषकले उनलाई नै बारम्बार मञ्चमा बोलाइरहेका थिए भने गुरुङ त्यसरी सबैको मनोनयनपत्र बुझ्न झिँजो मानिरहेका थिए । धेरै विधामा मनोनीत ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के. खनाल भने सबैको मनोनयन पत्र लिन मञ्चमा पुगे । 
 मनोनीतमा कलाकारहरूको तरलनामा प्राविधिकहरूलाई त्यति महत्त्व नदिए जस्तो लाग्थ्यो । केहीलाई छाडेर अधिकांश मनोनीत प्राविधिक कार्यक्रममा अनुपस्थित थिए । 

 यो एवार्ड वितरण हुने मिति पनि तोकिएको छैन । 



About Author

Advertisement

Post a Comment

 
Top