Samsung Samsung Author
Title: नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी
Author: Samsung
Rating 5 of 5 Des:
lss|6  लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । नेपालविरुद्धको दोस्रो खेलमा नेदरल्याण्ड्स...

lss|6 लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ ।
नेपालविरुद्धको दोस्रो खेलमा नेदरल्याण्ड्स १९ रनले पराजित भएको हो । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४८ दशमलव ३ ओभरमा १ सय ९८ रनमै समेटिएको थियो ।
नेदरल्याण्ड्सका रोलोफ भान डेर मर्बीले ५६, टीम ग्रुजिटर्सले ४४, टीम भान डेर गुज्टेनले ३६ तथा म्याक्स ओडौडले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपालको जितमा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले समान दुई–दुई विकेट लिए । त्यस्तै शक्ति गौचन, संदीप लामिछाने र सागर पुनले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउ“दै २ सय १७ रन बनाएको थियो । एक समय ६५ रनमा तीन विकेट रहेको नेपालको इनिङ कप्तान पारस खड्का र सागर पुनले उकासेका थिए ।
खड्का ८४ रन बनाउंदै आउट भए । त्यस्तै पुन ४५ रनमा पेभेलियन फर्के भने ज्ञानेन्द्र मल्ले ३९ तथा विनोद भण्डारीले १७ रन बनाए । बलिङमा नेदरल्याण्ड्सका माइकल रिप्पोनले चार विकेट लिए । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

About Author

Advertisement

Post a Comment

 
Top