Samsung Samsung Author
Title: काजोलले ‘दबंग –३’ खेल्न मानिनन्
Author: Samsung
Rating 5 of 5 Des:
‘दबंग–३’ मा परिणीति चोपडालाई काम गराउने कुरा गरेर राम्रै चर्चा पाए अरवाज खानले । परिणीतिसँग सम्झौता गरेको केहि दिनपछि अर्को खबर आयो सोनाक्षी...

‘दबंग–३’ मा परिणीति चोपडालाई काम गराउने कुरा गरेर राम्रै चर्चा पाए अरवाज खानले । परिणीतिसँग सम्झौता गरेको केहि दिनपछि अर्को खबर आयो सोनाक्षी सिन्हाको पनि भुमिका महत्वपूर्ण हुन्छ ।
सोनाक्षी र परिणीतिको कुरा हुँदै गर्दा अरबाज खानले एक अन्तरवार्ताको क्रममा भनेका छन् ‘दबंग –३ कै लागि काजोललाई प्रस्ताब राखिएको थियो तर, उनले मानिनन्’ ।
पछिल्लो समय स्क्रिप्टमा आएको बद्लाबको कारण काजोल आवश्यक परेको अरवाजको भनाई थियो । दबंग–३ मा हिरोइनको रोल दमदार छ । तर, एक्सनम मात्रै गरेर हुँदैन अभिनय पनि निकै राम्रो गर्नुपर्ने हुन्छ’ ।
लोकप्रिय तर, राम्रो अभिनय गर्न सक्ने हिरोइनको खोजीमा रहेका अरबाज आफ्नो प्रस्ताब काजोलले मानेको भए निकै खुसी हुने थिए । ‘३ इडियट’ को समेत प्रस्ताव अस्वीकार गरेकीले काजोलले आफ्नो फिल्मको प्रस्ताब अस्वीकार गर्नुलाई सामान्य रुपमा लिन चहन्छन् उनी । तैपनि फिल्म राम्रो बन्ने दाबी गरे उनले ।

About Author

Advertisement

Post a Comment

 
Top