३२ साउन, काठमाडौं । नवलपरासीको दाउन्नेमा यात्रुबाहक जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना भएको हो । मृतकको सनाखत भएको छैन ।
घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचार भएको छ । थप उपचारका लागि उनीहरुलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
२०७३ साउन ३२ गते १७:१८ मा प्रकाशित

Post a Comment