Samsung Samsung Author
Title: चपली हाइट २ विहिबार नै रिलिज हुने
Author: Samsung
Rating 5 of 5 Des:
काठमाडौं – चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अनुसार राजधानी र मोफसल टेरिटोरीमा फिल्म विहिबार नै प्रदर्शन हुने निश्चित भएको हो । मुख...

काठमाडौं – चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अनुसार राजधानी र मोफसल टेरिटोरीमा फिल्म विहिबार नै प्रदर्शन हुने निश्चित भएको हो ।
मुख्य मल्टिप्लेक्सले प्रदर्शन तालिका पनि रिलिज गरिसकेका छन् । चलचित्र विकास बोर्डको दबाबमा यसअघि निर्माण कम्पनीले फिल्म रिलिज मिति भदौ ३ मा तय गरेको थियो । डीसीएनको दबाबपछि पुनः डेट प्रिपोन्ड भएको हो ।
डीसीएन प्रमुख अशोक शर्माका अनुसार फिल्म विहिबार नै जनैपूर्णिमाको बिदाको दिनमा रिलिज हुनेछ । बोर्ड, निर्माता संघ र चलचित्र संघका सबै कुरा बेकार हुन् शर्माले भने, हामीले विहिबार नै रिलिज गर्ने निश्चित भयो ।
भदौ ३ शुक्रबार भने वीर विक्रम रिलिज हुँदैछ । पावर गेमको असर र प्रभाव चपली हाइट २ रिलिज डेटमा देखिएको हो । प्रिपोन्डबारे चलचित्र विकास बोर्डले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।

About Author

Advertisement

Post a Comment

 
Top