Samsung Samsung Author
Title: साथीसँग ब्वाईफ्रेन्डको घर जाँदा...
Author: Samsung
Rating 5 of 5 Des:
भदौ ५, काठमाडौं ।साथीसँगै उसको प्रेमीको घर जाँदा एक युवती दुर्व्यबहारमा परेकी छिन् । कोटेश्वरका ऋषि रञ्जनको कोठामा जाँदा १९ वर्षीय एक युवती ...

भदौ ५, काठमाडौं ।साथीसँगै उसको प्रेमीको घर जाँदा एक युवती दुर्व्यबहारमा परेकी छिन् । कोटेश्वरका ऋषि रञ्जनको कोठामा जाँदा १९ वर्षीय एक युवती दुर्व्यबहारमा परेकी हुन् ।

प्रहरी अधिकारीका अनुसार २० वर्षीया साथीको आग्रहमा ती युवती कोटेश्वरमा रहेको ऋषिको कोठामा गएकी थिइन् । कोठामा जाँदा अर्का युवक आशिष ओझा समेत त्यही थिए ।

बेलुका साथी र उनको प्रेमी अर्को कोठामा गएपछि ती युवती एक्लै कोठामा बसेको बेलामा आशिषले जबरजस्ती ढोका खोल्न खोजेपछि उनी कोठाको झ्यालबाट हामफालेर बाहिर निस्केकी थिइन् । झ्याबाट हामफालेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

सूचना आए लगत्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रहरीले युवतीको उद्धार गरी उनको साथी सहित २ युवकलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा युवकले गलत मनसाय राखेको देखिएपछि प्रभागले तीनै जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वर पठाएको छ ।

बानेश्वर प्रहरीले दुबै युवतीलाई छाडेर युवकलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
स्रोत:ekantipur.com

About Author

Advertisement

Post a Comment

 
Top