Samsung Samsung Author
Title: भारतमा एप्पललाई समस्यै समस्या
Author: Samsung
Rating 5 of 5 Des:
 पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने सोचमा प...

 पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने सोचमा पुगेका छन्। विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ ।

दोस्रो चौमासिकमा भारतमा निकासी भएका ३ करोड ७ लाख स्मार्टफोन मध्ये एप्पलको संख्या केबल ८ लाख थियो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले न्यून भएको हो जबकी भारतको समग्र बजार १९ प्रतिशतले वृद्धि भएको थियो ।

यस प्रतिस्पर्धाकै कारण एप्पलको बजार हिस्सा आधा नै घटेको छ अर्थात् ४ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ, स्ट्राटेजी एनालिटिक्सका निर्देशक उडी ओह भन्छन् ।

‘एप्पल आइओएसले आइफोनको मूल्य घटाउनुको विकल्प छैन, र बढीभन्दा बढी अपरेटरलाई आकर्षित गर्नु पर्दछ । साथै एप्पलका पसलहरु वा अनलाइन बिक्री पद्धतिमा सुधार ल्याउनु पर्दछ,’ उनले भने । 

भारतीय बजारमा गूगलको एन्ड्रोइड सफ्टवेयर जडित फोनले प्रभाव जमाएको छ, र यसको प्रमुख कारण नै आइफोनको भन्दा अन्य स्मार्टफोन निकै सस्तो मूल्यमा उपलब्ध छन् । एन्ड्रोइड फोनको बिक्री दोस्रो चौमासिकमा ९७ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो वर्षको तुलनामा ९० प्रतिशत बढी हो ।

कूकले एप्पलका लागि भारतीय बजार निकै राम्रो रहेको प्रतिक्रिया दिँदै आएका छन्, खासगरी चीन र अमेरिकामा आइफोनको बिक्रीमा न्यूनता आएको सन्दर्भमा उनले भारतलाई लक्षित गर्न खोजिरहेका छन् ।

एप्पलले भारतमा निकै बढी किसिमका चुनौतीहरुको सामना गर्नु परेको छ । प्रतिस्पर्धीहरुको तुलनामा एप्पलको स्मार्टफोनको मूल्य मात्र बढी होइन कि फोन सेटमा सीमितता छ । आइट्युन स्टोरले टीभी सो देखाउँदैन, म्याप एपले दिशा देखाउँदैन र एप्पल पे सेवा बिल्कुलै उपलब्ध छैन । एप्पलले भारतमा आफ्नै पसल खोल्ने अनुमति पाउन सकेको थिएन, र प्रयोग भइसकेका फोनको बिक्रीलाई मे महिनामा प्रतिबन्ध लगाइएको छ ।

त्यसर्थ, कूकको भारतीय सपना अद्यापि हासिलयोग्य भए पनि तत्कालै लाभ दिन्छ भन्ने अड्कल गर्न कठिन छ ।

About Author

Advertisement

Post a Comment

 
Top