श्रावण २९, २०७३- बाहुली गाडलेले हरेक वर्षातमा बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित बिजुलीको बाँध भत्काउँछ, नहरमा क्षति पुर्याउँछ, सदरमुकामवासी अध्याँरोको सास्ती ब्यहोर्छन् । कार्यालयको कामकाज ठप्प हुन्छ, ब्यापार ब्यवसाय चौपट हुन्छ । तर, स्थानीय बासिन्दा सकेसम्म बिजुली पुर्नसञ्चालनका लागि हप्तौं श्रमदान गर्न तयार हुन्छन् ।
यस क्रमले यो वर्षादमा पनि निरन्तरता पायो । पहिलाकै जस्तो समस्या दोहोरियो । साउनको दोस्रो साता बाँध पुरै साफ भयो । स्थानीय बासिन्दा अध्यारोमा बस्न बाध्य भए । जनजीवन प्रभावित भयो । पहिलाकै जस्तो स्थानीय बासिन्दाहरु निशुल्क श्रमदानमा जुटे ।
तर, क्षतिग्रस्त विद्युत सुचारु गर्न सातादिनदेखि नेपाली सेना, प्रहरी, विद्यार्थी, कर्मचारी लगायत हजारौंको संख्यामा स्थानीय बासिन्दाहरु श्रमदान गर्दै बाँध मर्मतमा खटिरहे । काममा खट्नेहरु ज्याला पाउने लोभले काममा खटिएका भने होइनन् । अध्याँरो भएको सदरमुकाम क्षेत्रलाई जतिसक्यो चाँडो उज्यालो बनाउन उनीहरु श्रमदानमा जुटिरहेका हुन् । ‘अध्याँरोबाट मूक्त हुनका लागि लगातार श्रमदान गरेका हौ’, स्थानीय काँसी बिकले भने । मार्तडीका सबैले श्रमदान गरिरहेका छन् । ‘सेना, प्रहरी, विद्यार्थी, कर्मचारी र अन्य स्थानीय बासिन्दाहरु करिब दुई हजार बढीको संख्यामा दैनिक श्रमदान गरिरहेका छन्’ केन्द्रका गगन अयडीले भने
०४३ सालमा निर्मित दुई सय किलोवाट क्षमताको मार्तडीको बिद्युत तीन वर्षअघि स्थानीय त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भाडामा लिएर सञ्चालन गर्दै आएको छ । सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी त्रिवेणीकै हो । आवश्यक मर्मत सम्भार समेत उसैले गर्नु पर्ने जिम्मेवारी भएकाले हाललाई सरकारी दायित्व भने छैन् ।
Post a Comment