प्रेम, रोमान्स र देशभक्तिलाई दर्साउन खोजिएको फिल्म ‘नेपालीको सान’ को सोमबार एक कार्यक्रम गरी घोषणा गरिएको छ । बिजी फिल्मसो ब्यानरमा निर्माण हुने उक्त फिल्मको अधिकांश छायांकन थाइल्यान्डमा गरिने भएको छ ।
बीएस बलामीले निर्देशन गर्ने फिल्ममा प्रज्ज्वल गिरी, सीमा केसी, राजेन्द्र गौतम, निशा शाह, श्रीदेव आचार्य, प्रकाश खत्री लगायतको अभिनय रहनेछ भने नायक जीवन लुइँटेल विशेष भूमिकामा देखिने बताइएको छ । पुस २९ मा रिलिज मिति तोक्दै फ्लोरमा जान लागेको उक्त फिल्मलाई ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, राजेन्द्र गौतमले निर्माण गर्न लागेका हुन् ।
फिल्ममा टंक बुढाथोकी र सम्राट थापाको संगीत, निशा शाहको नृत्य, देव महर्जनको द्वन्द्व, नवीन पन्तको संवाद, अनन्त घिमिरेको सम्पादन र सञ्चु थोकर लामाको छायांकन हुनेछ ।

Post a Comment