भाइरस १० गुणा बढी खतरनाक
साउन ३२ – बिहानको समयमा भाइरस बढी सक्रिय हुने एक अध्ययनले देखाएको छ । बिहानको समयमा मानिसको शरीरमा पसेका वा संक्रमण भएमा त्यो बढी खतरनाक हुने बेलायतको क्यामब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । पिएनएएसमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बिहानको समयमा भारइस अरु बेला भन्दा १० गुणा बढी खतरनाक हुने उल्लेख छ । बिहानको बेला संक्रमित भएका रोगीमा भाइरसको संक्रमण अरु बेला संक्रमित भएका बिरामीमा भन्दा बढी हुने अध्ययनको निष्कर्ष छ । यो अध्ययनले महामारी नियन्त्रणमा लागि नयाँ उपाय अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । मानिसको शरीरका कोश २४ घण्टाको चक्रमा परिवर्तन हुने र बिहानको समयमा ब्याक्टेरिया तथा परजीवीले त्यस्ता कोशमा छिटो संक्रमण गर्ने अनुसन्धानकर्ताले बताएका छन् । भाइरल वा फ्लु गराउने भाइरसको संक्रमण बेलुकामा भन्दा बिहानको समयमा १० गुणा बढी हुने गरेको अनुसन्धानकर्ता प्राध्यापक अखिलेस रेड्डीले बताउनुभयो ।

Post a Comment