Samsung Samsung Author
Title: फेसबुकमा अश्लील सामग्री पोष्ट भएपछि ज्योती मगर प्रहरीकोमा
Author: Samsung
Rating 5 of 5 Des:
भदौ २, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपरा...

भदौ २, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छिन्।

हृयाकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।गायिका मगरले हृयाकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् ।कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो  फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् ।
Loading...

About Author

Advertisement

Post a Comment

 
Top