आज वि.सं. २०७३ भाद्र ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१६ अगस्ट १९ तारिख,
आजको चाडपर्व र उत्सव : गाई जात्रा, सापारु,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,
भाद्रपद कृष्णपक्षको प्रतिपदा तिथि, दिउँसो ०१:५४ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
शतभिषा नक्षत्र, मध्यरात्रीपछि १२:१७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र,
चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
अतिगण्ड योग, बेलुका ०८:१८ बजेसम्म, त्यसपछि सुकर्मा योग,
कौलव करण, दिउँसो ०१:५४ बजेसम्म त्यसपछि तैतिल करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे
आजको राहुकाल, यमघण्ट र गुलिककाल —
राहुकाल : बिहान १०:२९ देखि १२:०६ सम्म
यमघण्ट काल : दिउँसो ०३:२२ देखि ०५:०० सम्म
गुलिककाल : बिहान ०७:१३ देखि ०८:५१ सम्म
आजको बारबेला :
चर वारवेला : बिहान ०५:३६ देखि ०७:१३ सम्म, साँझ ०४:५८ देखि ०८:०० सम्म र मध्यरात्रीपछि ०४:१५ देखि ०५:३६ सम्म
रोग वारवेला : दिउँसो ०१:४४ देखि ०३:२२ सम्म र बेलुका ०८:०० देखि ०९:२२ सम्म
काल वारवेला : बिहान १०:२९ देखि १२:०६ सम्म र बेलुका ०९:२२ देखि १०:४४ सम्म
लाभ वारवेला : बिहान ०७:१३ देखि ०८:५१ सम्म र बेलुका १०:४४ देखि १२:०६ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:२२ देखि ०५:०० सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२९ सम्म
शुभ वारवेला : दिउँसो १२:०६ देखि ०१:४४ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म
अमृत वारवेला : बिहान ०८:५१ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१५ सम्म
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जस पाउन गाह्रो, सन्ततिका समस्या निराकरण गर्न समय र धन लगानी, सानोतिनो आर्थिक समस्या, कारोबारप्रति ध्यान केन्द्रित नहुने, व्यापारबट्टामा सामान्य लाभ मिल्न ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जग्गाजमिनको कारोबार गर्दा राम्रो, मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालिने, कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति, लामो दूरीको लाभदायी यात्रा ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आनन्द प्राप्तिका लागि मन लालायित, धार्मिक/सांस्कृतिक क्रियाकलापमा सहभागिता, व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुने, रोकिएका काम ढिलो गरी बन्ने ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित, यात्रा घातक बन्नसक्ने, आम्दानीका मार्ग अवरुद्ध हुने, शीघ्र निर्णय र क्रोध शत्रु, साथीभाइ टाढिने, प्रेमसम्बन्धमा निरसता ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने, तर कामको चाप र धनको अभावले निराशा हुने, यात्राबाट निराशा, घरपरिवारमा मतभिन्नता बढ्ने, बन्दव्यापारमा समस्या ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तार्किक र बौद्धिक क्षेत्रबाट असफलता, पढाइलेखाइमा ध्यानकेन्द्रित नहुने, प्रतिस्पर्धीले औंलो ठड्याउने, भोगविलासमा आकर्षण बढ्ने, मनोरञ्जनात्मक क्षेत्रमा धननाश हुने ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता, बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने, भाइबहिनी र छोराछोरीले सहयोग गर्ने, मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुने ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारजनमा असमझदारी बढ्ने, बन्दव्यापारमा कडा परिश्रम गर्नु पर्ने, काममा किसिमकिसिमका चुनौती, घरबाहिर बस्नेले केही हदमा सकारात्मक फल प्राप्त गर्ने,
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साथीभाइ र आत्मीयजनको मदद मिल्ने, तर छिटो कार्य सम्पन्न हुन कठिन, मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने, छोटो यात्रा सफल हुने, अड्डाअदालतको बोझ बढ्ने ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने, आर्थिक लाभ, परिवारमा मेलमिलापको वातावरण, मित्र र सहयोगीको साथ, चेलीबेटीका तर्फबाट खुसीको समाचार ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित, चञ्चलता र उमंग देखाउनु हानिकारक, पारिवारिक तनाव, क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोपनीयता अपनाएमा नयाँ कामबाट फाइदा, समुचित स्थानमा धनव्यय, सुखी जीवन व्यतीत गर्न मन लालायित, धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण, बन्दव्यापारमा सामान्य ।

Post a Comment