Samsung Samsung Author
Title: हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा बालक दाजुभाइको मृत्यु
Author: Samsung
Rating 5 of 5 Des:
बुटवल:  बुटवलमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । उपमहानगरपालिका– १२ स्थित प्रहरी तालिम केन्द्र पछाडिको हाइटेन्सन विद्युत् लाइनको तार ...

बुटवल: बुटवलमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ ।
उपमहानगरपालिका– १२ स्थित प्रहरी तालिम केन्द्र पछाडिको हाइटेन्सन विद्युत् लाइनको तार चुँडिएर लाग्दा सडकमा खेल्दै गरेका दुई दाजुभाइ १० वर्षीय रोहित र छ वर्षीय रोहन क्षत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
पूर्वपश्चिम विद्युतीय प्रसारण लाइनको तीन हजार केभिए उच्च प्रभावको तार एक्कासि चुँडिएर तिनलाई लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तार पुरानो भएकाले चुँडिएको हुन सक्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।

About Author

Advertisement

Post a Comment

 
Top