Samsung Samsung Author
Title: गाडी दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः सांसद
Author: Samsung
Rating 5 of 5 Des:
१ भदौ, काठमाडौं । सांसदहरुले दिनहुँजसो हुने गाडी दुर्घटनामा यातायात व्यवसायी र सरकारको लापरवाही प्रमुख कारण रहेको दाबी गरेका छन् । सरकारले य...

१ भदौ, काठमाडौं । सांसदहरुले दिनहुँजसो हुने गाडी दुर्घटनामा यातायात व्यवसायी र सरकारको लापरवाही प्रमुख कारण रहेको दाबी गरेका छन् ।
सरकारले यातायात व्यवसायीको सिन्डिकेट तोड्न नसक्नु, यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु र सामान राख्नु तथा सरकारले खराब अवस्थाका सडक मर्मत गर्न नसकेकाले नै यात्रुहरुले दुर्घटनामा ज्यान गुमाउनु परेको सांसदहरुको ठहर छ ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा शुन्य र विशेष समय लिएर बोलेका विदुर सापकोटा, सीता नेपाली, प्रेम सुवाल, मानप्रसाद खत्री लगायतका सांसदहरुले सडकको दुरावस्थाका कारण भएका दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए । उनीहरुले देशका सबैजसो ग्रामिण भेगमा रहेका सडकहरुको अवस्था निकै दयनीय रहेपनि ती सडकको स्तरोन्नति गर्न सरकारले चासो नदिएको आरोप लगाए ।
सांसदहरुले यातायात व्यवसायीहरुले सडकको अवस्था खराब भएपनि पैसाको प्रलोभनमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको र यसमा प्रहरी प्रशासनले आँखा चिम्लिने गरेको परिणाम काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको बताए ।

यातायात व्यवसायीहरुले ग्रामिण सडकमा वर्षौं पुराना थोत्रा गाडी चलाएको तथा नयाँ गाडी चलाउन नदिएर सिन्डिकेट कायम गरेको आरोप लगाउँदै उनीहरुले सिन्डिकेट तत्काल हटाउन तथा ट्राफिक नियमको पूर्णपालना गराउन सरकारको ध्यानाकर्षण गराए ।

About Author

Advertisement

Post a Comment

 
Top