Samsung Samsung Author
Title: अब नगद लाभांस बैंक खातामै जम्मा हुने
Author: Samsung
Rating 5 of 5 Des:
भदौ १, काठमाडौं । सेयर बजारका लगानीकर्तालाई खुसीको खबर अब सूचीकृत कम्पनीहरुले दिने नगद लाभांस आफ्नो बैंक खातामै जम्मा हुने भएको छ ।नेपाल धित...



भदौ १, काठमाडौं । सेयर बजारका लगानीकर्तालाई खुसीको खबर अब सूचीकृत कम्पनीहरुले दिने नगद लाभांस आफ्नो बैंक खातामै जम्मा हुने भएको छ ।नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरधनीलाई दिने नगद लाभांस बैंक खातामै जम्मा गर्न निर्देशन दिएको छ ।


त्यसैगरी आइपीओ भर्दा नपरेको पैसा पनि लगानीकर्ताको बैंक खातामै फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन छ ।सेयर भर्दा नपरेको पैसा लिन र कम्पनीले घोषणा गरेको नगद लाभँंस दिने सम्बन्धित संस्थामै उपस्थिति हुनुपर्ने व्यवस्थाले लगानीकर्ता हतोत्साही हुँदै आएका थिए ।

About Author

Advertisement

Post a Comment

 
Top