Samsung Samsung Author
Title: ओलम्पिकका तेज धावकलाई पनि जित्ने खेलाडी को ? (भिडियोसहित)
Author: Samsung
Rating 5 of 5 Des:
एजेन्सी, भदौ १।  संसारको सबैभन्दा तेज धावक उसैन बोल्टले १ सय मिटर फेरि गोल्ड मेडल जितेका छन्। रियो ओलम्पिकमा जमैका बोल्टले ९.८१ सेकेन्डमै उक...

एजेन्सी, भदौ १। संसारको सबैभन्दा तेज धावक उसैन बोल्टले १ सय मिटर फेरि गोल्ड मेडल जितेका छन्।
रियो ओलम्पिकमा जमैका बोल्टले ९.८१ सेकेन्डमै उक्त दौड पूरा गरेका थिए। बोल्टले दौड जितेको यो तेस्रो पटक हो।
तर के तपाईलाई थाहा छ की त्यो भन्दा पनि तेज गतिको मानिस देख्नु भएको छ। जसले रूबिक क्यूबको खेलमा उसैन बोल्टलाई समेत पछाडी पारेका छन्।
उनको नाम हो एन्थनी ब्रुक्स। एन्थनीले रूबिक क्यूबको खेल खेल्न निक्कै पारङगत छन्। उनले यो खेललाई आफ्नो दिमाग लगाएर निक्कै तीव्र गतिमा समाप्त गरेर विश्‍वलाई चकित बनाएका छन्।
बोल्टले ९.८१ सेकेन्डमा ओलम्पिक दौड पूरा गरे भने एन्थनीले ९.५८ सेकेण्डमै पूरा गरिदिएका थिए। उसले बोल्टको रेकर्डभन्दा ९.५ सेकेन्ड अगाडी नै रूबिक क्यूबको पजल समाप्त पारेका थिए।
एन्थनी विश्वका पाँच खेलाडीमध्य एक हो जसले रूबिक क्यूबको पजललाई करीब १० सेकेण्डमै मिलाउन सक्छ।

About Author

Advertisement

Post a Comment

 
Top