मिती २०७३ साल भदौ ४ गते शनिवार :- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्गअनि राशिफल श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल भाद्र ४ गते शनिवार नेपाल सम्बत ११३६ गुँलागा,सन् २०१६ अगस्त २० तारिक कृष्णपक्ष द्वितीया तिथि मध्यान्ह १२ वजेर १५ मिनेटसम्म, पूर्वभाद्रा नक्षत्र राती ११ वजेर ८ मिनेटसम्म, सुकर्म योग अपरान्ह ५ वजेर ३८ मिनेटसम्म, गरकरण मध्यान्ह १२ वजेर १५ मिनेटसम्म, आनन्दादियोग काल,सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह ५ वजेर २५ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।
मेषः– समय प्रतिकुल बन्दै छ सोच विचार काम गर्नु पर्ने देखिन्छ । सामान्यतया आज गरेका काम भने सफल हुनेछन् । साझ पख खर्चमा वृद्धि हुनेछ । काम काजमा अवरोध आउनेछ ।
वृषः– उच्च मनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । आम्दानीका स्रोत बढ्ने छन् । परिवारबाट पूर्ण सहयोग पाईनेछ । व्यापार व्यवासयमा उन्नति हुनेछ । सहयोग,सुख,शान्ति मिल्नेछ ।
मिथुनः–आफन्तका सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । काम गरेर इज्जत प्रतिष्ठा कमाउन सकिने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।
कर्कटः–कामको विश्वासिलो बातावरण अझै बन्ने देखिन्न । अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवारमा ध्यान दिनु होला ।
सिंहः–प्रतिकुुल बातावरणमा काम गर्नु पर्ला । आफ्नो सोचाई एकातिर काम आर्कैतिर हुनेछन् । व्यापार व्यवसायमा मन्दि आउने छ । स्वास्थ्य कामजोर हुनेछ । परिवारमा मनमुटाव बढ्ने छ ।
कन्याः–वैदेशिक कार्यबाट लाभान्वित हुनु हुनेछ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुने छ । व्यापारबाट आय आर्जन बढ्नेछ ।
तुलाः– आफुले गरेका कामबाट अरु पनि लाभान्वित हुनेछन् । गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।
वृश्चिकः– नयाँ विचारका साथ काममा अगाडि बढ्न खोजे पनि सकिने छैन् । सजिलो सँग काम हुने छैनन । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । घरमा भन्दा घर बाहिर सजिलो हुनेछ ।
धनुः– मनमा नानाथरिका कुरा खेल्ने छन् । समस्याबाट टाढा बस्न पाइने छैन । लेनदेनका कारोवारले सताउने छ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकरः– बैदेशिक कार्यमा रुची बढ्ने छ । काम गरेर दाम पनि कमाउन सकिने छ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।
कुम्भः– समयले पूर्ण साथ नदिएको हुदा काम गर्दा विचार पु¥याउनु होला । धैर्यतापूर्वक गरेका काम सफल हुने छन् । सानो गल्तिले ठुलो क्षति हुनेछ । मिलेर गरेका काम सफल हुने छैनन ।
मिनः– वीच वीचमा विचार परिवर्तन गर्दा समयमा काम बन्ने छैनन । समयको सदुपयोग गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुने छन् । आत्मबल घट्ने छैन । काममा ढिलो नगर्न होला ।

Post a Comment