Samsung Samsung Author
Title: छोराको स्मृतिमा २२ लाखको पुस्तकालय
Author: Samsung
Rating 5 of 5 Des:
भदौ ४,पर्वत । सहायकरथी देवेन्द्रबहादुर मेधासीको परिवारले आफ्नै जन्मगाउँ तिलाहार–३, गिज्यानस्थित तुलोदय माविलाई पुस्तकालय निर्माण गरी शुक्रबा...


भदौ ४,पर्वत । सहायकरथी देवेन्द्रबहादुर मेधासीको परिवारले आफ्नै जन्मगाउँ तिलाहार–३, गिज्यानस्थित तुलोदय माविलाई पुस्तकालय निर्माण गरी शुक्रबार हन्तान्तरण गरेको छ । 

‘जनयुद्ध’का क्रममा सहादत प्राप्त गरेका आफ्ना छोरा सहसेनानी अमृतका स्मृतिमा सहायकरथी पिता देवेन्द्रबहादुर र आमा राधाले करिब रु २२ लाखको लागतमा उक्त दुईकोठे भवन निर्माण गरिदिनुभएको हो । अमृतको २०६१ साल मङ्सिर २४ गते अर्घाखाँचीमा झडपका क्रममा मृत्यु भएको थियो । छोराको स्मृतिमा खोलिएको संस्था अमृत स्मृति मानवीय सेवा प्रतिष्ठान नेपालले अमृतले प्राथमिक तहको शिक्षा सोही विद्यालयबाट लिएको भन्दै सो भवन निर्माण तथा विद्यालयको अन्य विकासमा पनि लामो समयदेखि सहयोग गर्र्दै आएको छ । 

सो अवसरमा सहायकरथी देवेन्द्रबहादुरले आफ्नो छोराले मुलुकको सेवाका लागि खटिँदा प्राण आहुति गर्नुपरे पनि उसको सम्झना रहिरहोस् भनेर आफ्नै गाउँको विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारण निर्माणमा सहयोग गरिएको बताउनुभयो । विद्यालयले विद्युतीय पुस्तकालय पनि सञ्चालन गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । भवन हन्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले देश र जनताका लागि प्राण आहुति दिने राष्ट्र सेवक सदा सम्मानित हुने बताउनुभयो ।

सोही अवसरमा क्रियाशील सामाजिक संस्था नेस्डो नेपाल पर्वत, रोटरी क्लब अफ र इनरह्विल क्लब अफ पर्वतले विद्यालयलाई प्रिन्टर, फोटोकपी, स्क्यानरसहित विद्युतीय उपकरण एवम् २० विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामग्रीलगायत आवश्यक खेलकुद सामग्री उपलव्ध गराएका छन् । 

कार्यक्रममा नवजागृत उमावि तिलाहार र तुलोदय माविबाट २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक एक छात्रछात्रा गरी चार जनालाई रु सात हजारका दरले पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । 

About Author

Advertisement

Post a Comment

 
Top