Samsung Samsung Author
Title: दीपिका बनिन बलिउडकी सबैभन्दा महंगी अभिनेत्री
Author: Samsung
Rating 5 of 5 Des:
काठमाडौँ । सन्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’मा अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिका निर्वाह गर्दै छिन् । यो फिल्मका लागि दीपिकाले १२ कर...

काठमाडौँ । सन्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’मा अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिका निर्वाह गर्दै छिन् । यो फिल्मका लागि दीपिकाले १२ करोड भारतीय रुपैयाामा सम्झौता गरेको खबरले अहिले बलिउड तातेको छ । यदि यो सााचो हो भने बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री दीपिका भएकी छिन् । यसअघि बलिउडमा फिल्म ‘रंगून’का लागि अभिनेत्री कंगना रनौटले ११ करोडमा सम्झौता गरेको खबर आएको थियो ।
त्यसो त यो विषयमा केही समय बलिउडमा विवाद भयो, कंगनाले झुट बोलेको आरोपसमेत लाग्यो । तर, पछि निर्माताले कंगनासाग ११ करोडमै सम्झौता भएको बताए । त्यसपछि कंगनालाई सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री भन्न थालियो । नया पत्रिकाबाट

About Author

Advertisement

Post a Comment

 
Top