एजेन्सि । दुनियामा केही यस्ता रहस्यहरु हुन्छन् जसको भेउ कहिल्यै पाउन सकिएको हुँदैन । बेलायतमा रहेको एउटा पानीको कुवा पनि दुनियाका नसुल्झिएका रहस्य मध्ये एक हो ।बेलायतको न्यर्जबरोमा रहेको उक्त कुवाको पानीमा डुब्ने जुनसुकै चिज पनि पत्थर बन्छ भनिन्छ । त्यसैले स्थानीय मानिसहरुले उक्त कुवालाई राक्षसी कुवा भन्दछन् ।
यो कुवामा खस्ने पात पतिंगरदेखि लिएर काठ र जिवजन्तु समेत केहीबेरपछि पत्थरमा बदलिन्छन् । नदीको किनारामा रहेको यो कुवाको नजिक जान मानिसहरु डराउँछन् । यदि कुवाको पानी झुक्किएर छोइएमा समेत आफु ढुंगा पो होइन्छ की भन्ने डर छ मानिसहरुमा ।
उक्त कुवा हेर्न आउने पर्यटकहरुले आफ्नो केही चिज कुवामा फ्याँकेर जान्छन् र उक्त फ्याँकेको चिज पत्थर बनेको हेर्नका लागि केही दिनपछि पुनः आउँछन् ।उक्त कुवामा १८ औँ सताब्दीको भिक्टोरियन टप ह्याट देखि लिएर टेडी बियर, साइकल तथा कितली जस्ता चिजवस्तुहरु पूर्णरुमा पत्थरमा बदलिएको प्रमाण अझैपनि देख्न सकिन्छ ।
वैज्ञानिकहरका अनुसार यो कुवाको पानीमा त्यस्तो कुनै रासायनिक तत्व छ जसले कुनैपनि वस्तुलाई पत्थरमा परिणत गरिदिन्छ । तर त्यो के हो भन्ने रहस्यको पोको चाहीँ अझै फुकेको छैन ।
अनौठो कुवाको पानी जसले छुन्छ, त्यो ढुंगा बन्छ
Title: अनौठो कुवाको पानी जसले छुन्छ, त्यो ढुंगा बन्छ
Author: Samsung
Rating 5 of 5 Des:
Author: Samsung
Rating 5 of 5 Des:
एजेन्सि । दुनियामा केही यस्ता रहस्यहरु हुन्छन् जसको भेउ कहिल्यै पाउन सकिएको हुँदैन । बेलायतमा रहेको एउटा पानीको कुवा पनि दुनियाका नसुल्झिएका...

Post a Comment