Samsung Samsung Author
Title: मधेस आन्दोलनमा मारिएका ५२ जनालाई सहिद घोषणा, १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने
Author: Samsung
Rating 5 of 5 Des:
सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिप...
सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सहिद घोषणासँगै सरकारले पीडित परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यस्तै असारमा अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा परि घाइते भएका नेपालीहरुको उपचारमा ९१ लाख ६ हजार रुपैयाँ खर्च भएको र सो खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
बैठकले मधेस आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न गिरिशचन्द्र लालको संयोजकत्वमा सात सदस्यीग आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगमा रहने सदस्यहरु भने प्रधानमन्त्रीसँगको समन्वयमा गृह मन्त्रालयले तोक्नेछ।
मन्त्रिपरिषदको बैठकले योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ। बैठकले स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ।

About Author

Advertisement

Post a Comment

 
Top