Samsung Samsung Author
Title: शिकारीको गोली लागि गैंडा घाइते
Author: Samsung
Rating 5 of 5 Des:
रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित गैडाटारनजिकै जंगलमा शनिवार शिकारीको गोली लागी घाईते अवस्थामा एक सिङे गैडा फेला परेको छ । चितवन राष्ट्रिय...

रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित गैडाटारनजिकै जंगलमा शनिवार शिकारीको गोली लागी घाईते अवस्थामा एक सिङे गैडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज वा पर्सा बन्यजन्तु आरक्षणबाट त्यहाँ पुगेको गैडालाई राती शिकारीले गोली हानेका हुन् । गैडा उद्धार गर्न चिकित्सक सहितको चितवन निकुञ्जको टोली घटनास्थल जादै छ ।
गैडाटार जंगलस्थित खोला किनारमा घाइते अवस्थामा स्थानीयले गैंडा देखेका थिए । गैंडाको टाउको र शरीरका बिभिन्न भागमा गोली लागेकाले हिंड्नसक्ने अवस्थामा छैन । घाइते गैंडा देखेपछि स्थानीयले जिल्ला वन कार्यालय र प्रहरीलाइ खबर गरेका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले घाइते गैडाको उद्दारका लागि डा. पुरुषोत्तम पाण्डेको नेतृत्वमा सेनासहितको टोली त्यसतर्फ प्रस्थान गरिसकेको बताए । उनले भने, ‘ट्रकमा खोर सहित टोली  हिंडिसकेको छ’, ‘गैडा निकुञ्जकै हुनुपर्छ’ उनले भने, ‘आज जसरी पनि घाईते गैडाको उद्दार गर्छौ ।’
शिकारीले खागको लागि गैंडालाई गोली हानेको हुनसक्ने अनुमान छ । ‘राति ८/१० राउण्ड गोली चलेको आवाज सुनियो’, गैंडाटारका एक स्थानीयले टेलिफोनबाट भने, ‘बिहान खोला छेउमै हिंड्न नसक्ने अवस्थामा घाइते गैडा फेला पर्‍यो ।’
गैंडा गणना २०१५ अनुसार चितवन र बर्दिया निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा आरक्षमा ६ सय ४५ गैंडा छन् ।
रौतहटमा शिकारीको गोली लागि घाइते गैंडा ।

About Author

Advertisement

Post a Comment

 
Top