Samsung Samsung Author
Title: माओवादी सांसदहरुको किर्ते कागज बनाउने रोहित खड्का पक्राउ
Author: Samsung
Rating 5 of 5 Des:
काठमाडौं– माओवादीका ८ जना सांसदहरुलाई स्पेनमा आयोजना हुने गोष्ठीहरुमा लगेर उनीहरुका साथमा अन्य नक्कली पिए समेत पठाएर आर्थिक लाभ लिन खोज्ने र...

काठमाडौं– माओवादीका ८ जना सांसदहरुलाई स्पेनमा आयोजना हुने गोष्ठीहरुमा लगेर उनीहरुका साथमा अन्य नक्कली पिए समेत पठाएर आर्थिक लाभ लिन खोज्ने रोहित भन्ने दिनेश खड्कालाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
विशिष्ठ ब्यक्ति तथा सांसदहरुसँग असम्बन्धित ब्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई निजी सहयोगीको रुपमा किर्ते कागजात तयार पारेर युरोपका विभीन्न देशमा पठाउने गरेको सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
२०१६ जुन, जुलाईमा स्पेनमा आयोजना हुने विभीन्न कार्यक्रम तथा गोष्ठीहरुमा माओवादीका ८ सांसदहरुका लागी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट जारी भएको भिषा सिफारिस पत्रमा खड्काले अनुचित लाभ लिनेगरी असम्बन्धित ब्यक्तिको नाम सरकारी कागजात किर्ते गरी थपेको र त्यस्ता ब्यक्तिहरुलाई समेत विदेश पठाउन खोजेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालीका–३४ बानेश्वर स्थित ‘क्यारियर ब्रिज कन्सल्टेन्सि’ मा कार्यरत रोहित भन्ने दिनेश खड्का लाई गत २७ गते शान्तिनगरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार खड्कालाई सरकारी छाप दस्तखत किर्ते मुद्दा अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ ।
यसअघी उनि जालसाजी, चेक अनादर मुद्धामा फरारको सुचिमा रहेको साजै निजलाई बैदेशिक रोजगार ठगी मुद्दामा समेत अदालतबाट दुई बर्षको कैद र दुई लाख जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
- See more at: http://www.ratopati.com/news/71250/#sthash.dcmB8v1F.dpuf

About Author

Advertisement

Post a Comment

 
Top