काठमाडाैं । आधुनिक ओलम्पिकको १२० बर्षे इतिहासमा अमेरिकाले १०००औं स्वर्ण पदक जितेको छ ।
जारी रियो ओलम्पिकमा महिला ४ गुणा १०० मिटर मिड्ले रिले पौडीमा जितेको स्वर्णसँगै अमेरिकाको अहिलेसम्मको स्वर्णसङख्या १ हजार पुगेको हो ।
रियोमा ३१औं ओलम्पिक सुरु हुनुअघि अमेरिकाले अहिलेसम्म ९७७ स्वर्ण जितेको थियो । ब्राजिलको रियो शहरमा ओलम्पिक सुरु भएको १० दिन भएको छ । अमेरिका ओलम्पिक इतिहासमा सबैभन्दा धेरै स्वर्ण जित्ने मुलुक पनि हो । दोस्रो स्थानमा रुस छ ।
रुसले अमेरिकाको तुलनामा आधा भन्दापनि कम स्वर्ण जितेको छ । रियो ओलम्पिकमा भने डोपिङ प्रकरणपछि रुशी खेलाडीहरुको सहभागिता निक्कै न्युन छ ।
अमेरिकी पौडीबाज माइकल फेल्प्सले अमेरिकाको लागि २३ स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा उनी सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी हुन् ।
२०७३ साउन ३० गते १५:४० मा प्रकाशित

Post a Comment