Samsung Samsung Author
Title: उपप्रधानमन्त्री निधि आज भारत जाँदै
Author: Samsung
Rating 5 of 5 Des:
सरकारको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गर्दैछन्। संविधान जारी भएपछि बिग्रेको नेपाल–भारत सम्...
सरकारको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गर्दैछन्। संविधान जारी भएपछि बिग्रेको नेपाल–भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न उनलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो।
'उपप्रधान तथा गृहमन्त्रीज्यू विशेष दूतका रुपमा पाँचदिने भारत भ्रमण सिलसिलामा बिहीबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ,' गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए, 'भ्रमणका बेला उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।'
विशेष दूत निधि शुक्रबार र शनिबार उच्च राजनीतिक भेटघाटमा व्यस्त रहनेछन्। उनले त्यहाँ भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेश मन्त्री सुष्मा स्वराजसँग भेट गर्नेछन्। भेटमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतिलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा समेत हस्तान्तरण गर्नेछन्।

About Author

Advertisement

Post a Comment

 
Top