Samsung Samsung Author
Title: आमालाई खाल्डोमा गाडेर छोराले दिए वेपत्ताको सूचना
Author: Samsung
Rating 5 of 5 Des:
भदौ ५ , जाजरकोट । जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सक्ला गाविस – १ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया...
भदौ , जाजरकोट जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सक्ला गाविस लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ।जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकारी दिएको छ।

साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।खत्रीले भदौ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदनसमेत दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ।

शुक्रबार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराले बताए। उनले प्रारम्भिक बयानका क्रममा खत्रीले जग्गासम्बन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेको जानकारी दिए।साउन २२ गते नै आमाको हत्या गरी खाडल खनेको ठाउँमा बिरुवा रोपिएको आशङ्का प्रहरीले गरेको छ।

आमाले गत साउन १३-१४ गते आफ्नो नाममा जग्गा पास गरेपछि श्रीमतीको उक्साहटमा आएर आमाको हत्या गरेको बयान खत्रीले दिएको प्रहरीको भनाइ छ। स्थानीयवासीले सूचना दिएपछि शुक्रबार साँझ खत्रीलाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान गर्नका लागि जिप्रकाबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा पाँचजनाको अनुसन्धान टोली लैखमतर्फ पठाइएको छ।

About Author

Advertisement

Post a Comment

 
Top