एजेन्सी, भदौ १। दक्षिणी छिमेकी राष्ट्र भारतले चीनविरुद्ध सीमामा आफ्नो सैनिक सुरक्षा बढाइरहेका छन्। चीन र भारतमा पर्ने सिमानास्थित अन्डमान-निकोबार आइल्याण्डमा सैन्य तैनाथी बढाइरहेको हो।
उक्त आइल्याण्डमा सुखोई-३० एमकेआई फाइटर जेटका साथै सैनिक जथाको टीमलाई जम्मा गरेको छ। यसका साथै उत्तरपूर्वमा जासुसी गर्न ड्रोन र मिसाइलको समेत व्यवस्था गरिएको छ। यतिमात्रै नभएर पूर्वी सिमानामा ट्यांक रिजिमेन्ट र सैनिकको संख्या समेत बढाइएको छ। किनकी चीनको पिएलए त्यहाँ खतराको रुपमा उभिएको छ।
एउटा अंग्रेजी पत्रिकाका अनुसार भारतले चीनको पीपुल्स लिबरेशन आर्मीबाट देखिएको चुनौतीलाई सामना गर्न यस्तो कदम चालिएको हो।
यस्तै उसले चीनविरुद्ध लाग्ने सैनाहरुको फोर्स लेभल र इन्फ्रास्ट्रक्चर सबैलाई बढाउने योजना शसक्त रुपमा ल्याएको छ।
यस्तै उसले चीनविरुद्ध लाग्ने सैनाहरुको फोर्स लेभल र इन्फ्रास्ट्रक्चर सबैलाई बढाउने योजना शसक्त रुपमा ल्याएको छ।
यसका साथै इन्डियन एयरफोर्सले पछिल्लो शुक्रबार नै अरुणाञ्चल प्रदेशको पश्चिम सियाङ जिल्लामा आफ्नो पासीघाट ल्याण्डिङ ग्राउन्डलाई समेत एक्टिभ गरिसकेका छन्।

Post a Comment