Samsung Samsung Author
Title: काठमाडौं– दुबई सिधा उडान बिहीबारदेखि
Author: Samsung
Rating 5 of 5 Des:
काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमि...

काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ ।
निगमका कर्पोरेट निर्देशक रामहरि शर्माका अुनसार काठमाडौँ– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको छ। १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ। दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रु मात्र रहनेछन् ।दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ ।
दुबई उडानमार्फत ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वाषिर्क रु एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य छ । २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।
निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति ११ : ३० बजे उडेर २ : १५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाडौँ आइपुग्नेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँ आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ।
संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको सङ्ख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो। निगमले सातामा तीन वटा उडान गर्नेछ । काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ।
काठमाडौँ– दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको रु ३२ हजार तोकिएको छ। निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंङलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ

About Author

Advertisement

Post a Comment

 
Top