Samsung Samsung Author
Title: जहाँ युवकहरु बिहेका लागि मोटा युवतीहरु मन पराउँछन्
Author: Samsung
Rating 5 of 5 Des:
आम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् ।मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको ...


आम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् ।मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो भाउ छ ।

अर्थात् युवकहरु बिहेका लागि मोटो जिउका युवतीहरु मन पराउँछन् । यो प्रथा दक्षिण अफ्रिकाको केपटाउनमा छ । त्यसैले त्यहाँका युवतीहरुलाई जरबजस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाएर मोटो बनाइन्छ ।

केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराको मान्यता के छ भने यदि नारी मोटा भए भने उनको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ । त्यसैले त्यहाँका किशोरी तथा युवतीहरुलाई मोटो बनाउनका लागि अनेक थरी व्यन्जन खुवाइन्छ ।

छोरीहरुलाई भोक नलागोस्, तर घरका अभिभावकहरु खानेकुरा कोच्याइरहन्छन् । ठसठसी कन्दैै, वाक्क वाक्क गर्दै पनि खानेकुरा खानुपर्छ उनीहरु ।

महिला जति मोटो भयो उनको पतिले उनलाई उति धेरै माया गर्छ भन्ने मान्यता पनि छ त्यहाँ । त्यसैले केपटाउनमा दुब्ला पातला तथा स्लिम युवतीहरु देख्न मुस्किल पर्छ ।

About Author

Advertisement

Post a Comment

 
Top